सिभिल बैंकले आर्थिक वर्ष २०७७–७८ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरण अनुसार मुनाफा उल्लेख्य बृद्धि भएको छ ।
बैंकले यस त्रैमासमा ५० करोड २५ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ३६ करोड ०५ लाख आर्जन गरेको थियो । तुलनाको अवधिमा खुद नाफा ३९.३९ प्रतिशतले बृद्धि भएको छ ।
बैंकले ८५ अर्ब २५ लाख निक्षेप संकलन गरेर ७७ अर्ब ३६ लाख कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ५७ अर्ब ५१ लाख निक्षेप संकलन गरेर ५२ अर्ब २० करोड कर्जा विस्तार गरेको थियो ।
बैंकको खुद व्याज आम्दानी १ अर्ब ५४ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ७० करोड रहेको थियो । त्यसैगरी सञ्चालन मुनाफा ६८ करोड १० लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ५३ अर्ब ८७ करोड रहेको थियो ।
व्यावसायिक आम्दानी घटेपनि अन्य संचालन आय बृद्धि हुँदा मुनाफा उल्लेखिय बृद्धि भएको हो । कम्पनीको हाल सम्मको वितरण योग्य नाफा ३० करोड ७७ लाख रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी ८ अर्ब ६४ करोड रहेको छ । जगेडा कोषमा १ अर्ब ४९ करोड छ भने कम्पनीको संचित नाफा ५२ करोड ९२ लाख रहेको छ ।
बैंकको निष्कृय कर्जा अनुपात २.९६प्रतिशतबाट १.१३ प्रतिशत सम्म घटाउन सफल भएको छ ।
कम्पनीको प्रति सेयर आम्दानी रु ७.७५ रहेको छ भने नेटवर्थ रु १२३.३ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ३०.७ गुणा रहेको छ ।