फरवार्ड माइक्रोफाइनान्सको खुद नाफा ६६.१४ प्रतिशतले बृद्धि – प्रति सेयर आम्दानी कति?

forward community microfinance
Visa Travels

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७–७८ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । तुलनाको अवधिमा खुद नाफा ६६.१४ प्रतिशतले बढेको छ ।

लघुवित्तले यस त्रैमासमा ३६ करोड १५ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा २१ करोड ७६ लाख नाफा आर्जन गरेको थियो ।

ads

यस अवधिमा लघुवित्तले ८ अर्ब ७३ करोड कर्जा सापटि र ६ अर्ब ४४ करोड निक्षेप संकलन गरी १५ अर्ब ३३ करोड कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ६ अर्ब २७ करोड कर्जा सापटि र ५ अर्ब ४३ करोड निक्षेप संकलन गरी ११ अर्ब ८२ करोड कर्जा बिस्तार गरेको थियो ।

कम्पनीको खुद व्याज आम्दानी ८५ करोड ३१ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ५६ करोड २१ लाख रहेको थियो । त्यसैगरी सञ्चालन नाफा ५६ करोड ८१ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ३४ करोड १८ लाख रहेको थियो ।

हाल कम्पनीको चुक्तापुँजी ६२ करोड ५५ लाख रहेको छ भने जगेडा कोषमा १ अर्ब ५ करोड रहेको छ ।

लघुवित्तको निष्कृय कर्जा अनुपात १.०६ प्रतिशतबाट बढेर २.७९ प्रतिशत रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु ७७.०७ रहेको छ भने नेटवर्थ २६८.४५ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ३०.०४ गुणा रहेको छ ।

Visa Travels