गरिमा विकास बैंकले आर्थिक वर्ष २०७७–७८ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।
बैंकले यस त्रैमासमा ६७ करोड ८२ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ४९ करोड ६४ लाख आर्जन गरेको थियो । तुलनाको अवधिमा खुद नाफा ३६.६३ प्रतिशतले बृद्धि भएको छ ।
बैंकले ५९ अर्ब २० करोड निक्षेप संकलन गरेर ५० अर्ब २९ करोड कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४२ अर्ब ४३ लाख निक्षेप संकलन गरेर ३४ अर्ब ८६ करोड कर्जा विस्तार गरेको थियो ।
बैंकको खुद व्याज आम्दानी १ अर्ब ३५ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब २३ करोड रहेको थियो । त्यसैगरी सञ्चालन मुनाफा ९६ करोड ८९ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ७० करोड ७४ लाख रहेको थियो ।
कम्पनीको खुद व्याज आम्दानी बढे सँगै खुद नाफा बृद्धि भएको हो । कम्पनीको हाल सम्मको वितरण योग्य नाफा ४९ करोड २ लाख रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी ३ अर्ब ६७ करोड रहेको छ । जगेडा कोषमा ९३ करोड ०२ लाख छ भने कम्पनीको संचित नाफा ५० करोड ३ लाख रहेको छ ।
बैंकको निष्कृय कर्जा अनुपात ०.२४ प्रतिशतबाट बढेर ०.५८ प्रतिशत रहेको छ ।
कम्पनीको प्रति सेयर आम्दानी रु २०.४४ बाट बढेर रु २४.६० रहेको छ भने नेटवर्थ रु १३८.९२ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात १४.१५ गुणा रहेको छ ।