global ime laghubitta

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७–७८ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । तुलनाको अवधिमा खुद नाफा १४९.९० प्रतिशतले बढेको छ ।

लघुवित्तले यस त्रैमासमा २१ करोड १५ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ८ करोड ४६ लाख नाफा आर्जन गरेको थियो ।

यस अवधिमा लघुवित्तले ३ अर्ब २३ करोड कर्जा सापटि र १ अर्ब ७३ करोड निक्षेप संकलन गरी ४ अर्ब ८७ करोड कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ८१ करोड कर्जा सापटि र १ अर्ब ३० करोड निक्षेप संकलन गरी ३ अर्ब ८९ करोड कर्जा बिस्तार गरेको थियो ।

कम्पनीको खुद व्याज आम्दानी ३२ करोड ७२ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १७ करोड ७० लाख रहेको थियो । त्यसैगरी सञ्चालन नाफा २५ करोड ७९ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १३ करोड ३० लाख रहेको थियो ।

हाल कम्पनीको चुक्तापुँजी ३३ करोड ८ लाख रहेको छ भने जगेडा कोषमा २७ करोड ८१ लाख रहेको छ ।

लघुवित्तको निष्कृय कर्जा अनुपात १.७१ प्रतिशतबाट बढेर २.३२ प्रतिशत रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु ८५.२६ रहेको छ भने नेटवर्थ १७५.०४ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात २९.४२ गुणा रहेको छ ।

Visa Travels