गोर्खाज फाइनान्सले आर्थिक वर्ष २०७७–७८ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरण अनुसार मुनाफा उल्लेख्य बृद्धि भएको छ ।
फाइनान्सले यस त्रैमासमा २७ करोड ३७ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ७ करोड ४६ लाख आर्जन गरेको थियो । तुलनाको अवधिमा खुद नाफा २६६.६७ प्रतिशतले बृद्धि भएको छ ।
कम्पनीले ७ अर्ब ६१ करोड निक्षेप संकलन गरेर ५ अर्ब ५२ करोड कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ६ अर्ब ९७ लाख निक्षेप संकलन गरेर ५ अर्ब २१ करोड कर्जा विस्तार गरेको थियो ।
फाइनान्सको खुद व्याज आम्दानी २२ करोड ७९ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २५ करोड ३१ लाख रहेको थियो । त्यसैगरी सञ्चालन मुनाफा ३९ करोड १० लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १० करोड ६९ लाख रहेको थियो ।
फाइनान्सको खुद व्याज आम्दानी घटे पनि अन्य सञ्चालन आम्दानी बृद्धि र खराब कर्जा असुलि गर्दा मुनाफा उल्लेख्य बृद्धि देखिएको हो । कम्पनीको हाल सम्मको वितरण योग्य नाफा २६ करोड २६ लाख रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी ८६ करोड ७९ लाख रहेको छ । जगेडा कोषमा ७८ करोड ५१ लाख छ भने कम्पनीको संचित नाफा २ करोड २१ लाख र सेयर प्रिमियम २ करोड २३ लाख रहेको छ ।
फाइनान्सको निष्कृय कर्जा अनुपात ४.८७ प्रतिशतबाट घटेर ३.७४ प्रतिशत रहेको छ ।
कम्पनीको प्रति सेयर आम्दानी रु ११.४७ बाट बढेर रु ४२.०५ रहेको छ भने नेटवर्थ रु १९५.२७ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात १२.१३ गुणा रहेको छ ।