कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७७–७८ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरण अनुसार मुनाफा उल्लेख्य बृद्धि भएको छ ।
बैंकले यस त्रैमासमा ५८ करोड ६१ लख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा २१ करोड ५४ लाख आर्जन गरेको थियो । तुलनाको अवधिमा खुद नाफा १७२ प्रतिशतले बृद्धि भएको छ ।
बैंकले ३९ अर्ब २४ करोड निक्षेप संकलन गरेर ३६ अर्ब ५५ करोड कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३१ अर्ब ९० लाख निक्षेप संकलन गरेर २५ अर्ब ९२ करोड कर्जा विस्तार गरेको थियो ।
बैंकको खुद व्याज आम्दानी १ अर्ब ७ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ८५ करोड ७१ लाख रहेको थियो । त्यसैगरी सञ्चालन मुनाफा ५९ करोड ७७ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ३० करोड ६३ लाख रहेको थियो ।
कम्पनीको खुद व्याज आम्दानी बढे सँगै गैर सञ्चालन आम्दानीबाट २३ करोड ९६ लाख कमाए पछि खुद नाफा बृद्धि भएको हो । कम्पनीको हाल सम्मको वितरण योग्य नाफा ३८ करोड ८८ लाख रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी २ अर्ब ६५ करोड रहेको छ । जगेडा कोषमा ७७ करोड ६८ लाख छ भने कम्पनीको संचित नाफा ३९करोड ९२ लाख रहेको छ ।
कम्पनीको प्रति सेयर आम्दानी रु ११.३१ बाट बढेर रु २९.४७ रहेको छ भने नेटवर्थ रु १४४.३५ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ११.९४ गुणा रहेको छ ।