महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०७७–७८ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।
बैंकले यस त्रैमासमा ४० करोड ३६ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ३९ करोड ७३ लाख आर्जन गरेको थियो । तुलनाको अवधिमा खुद नाफा सामान्य बृद्धि भएको छ ।
बैंकले ३६ अर्ब ४६ करोड निक्षेप संकलन गरेर २९ अर्ब १० करोड कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३६ अर्ब ९७ लाख निक्षेप संकलन गरेर २९ अर्ब ४३ करोड कर्जा विस्तार गरेको थियो ।
बैंकको खुद व्याज आम्दानी १ अर्ब १६ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब १९ करोड रहेको थियो । त्यसैगरी सञ्चालन मुनाफा ५६ करोड ०२ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ५६ करोड ३८ लाख रहेको थियो । कम्पनीको हाल सम्मको वितरण योग्य नाफा २५ करोड ७६ लाख रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी ३ अर्ब ३४ करोड रहेको छ । जगेडा कोषमा १ अर्ब ५९ करोड छ भने कम्पनीको संचित नाफा २६ करोड १४ लाख रहेको छ ।
बैंकको निष्कृय कर्जा अनुपात ३.७८ प्रतिशतबाट बढेर ४.४४ प्रतिशत रहेको छ ।
कम्पनीको प्रति सेयर आम्दानी रु १७.२५ बाट घटेर रु १६.१० रहेको छ भने नेटवर्थ रु १५४.९० रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात १९.२५ गुणा रहेको छ ।