मञ्जुश्री फाइनान्सले आर्थिक वर्ष २०७७–७८ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरण अनुसार मुनाफा उल्लेख्य बृद्धि भएको छ ।
फाइनान्सले यस त्रैमासमा ३७ करोड ५१ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १९ करोड ३२ लाख आर्जन गरेको थियो । तुलनाको अवधिमा खुद नाफा ९४.१६ प्रतिशतले बृद्धि भएको छ ।
कम्पनीले ८ अर्ब ३६ करोड निक्षेप संकलन गरेर ६ अर्ब ३३ करोड कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ५ अर्ब ८४ लाख निक्षेप संकलन गरेर ५ अर्ब ८८ करोड कर्जा विस्तार गरेको थियो ।
फाइनान्सको खुद व्याज आम्दानी २८ करोड ६५ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २९ करोड ११ लाख रहेको थियो । त्यसैगरी सञ्चालन मुनाफा ५३ करोड ९० लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २६ करोड ३६ लाख रहेको थियो ।
फाइनान्सको खुद व्याज आम्दानी घटे पनि ४३ करोड १३ लाख अन्य सञ्चालन आम्दानी आर्जन गर्दा मुनाफा उल्लेख्य बृद्धि देखिएको हो । कम्पनीको हाल सम्मको वितरण योग्य नाफा २८ करोड २१ लाख रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी ९६ करोड ५३ लाख रहेको छ । जगेडा कोषमा ३८ करोड २४ लाख छ भने कम्पनीको संचित नाफा २८ करोड ३१ लाख रहेको छ ।
फाइनान्सको निष्कृय कर्जा अनुपात ३.४३ प्रतिशतबाट घटेर २.५७ प्रतिशत रहेको छ ।
कम्पनीको प्रति सेयर आम्दानी रु ३१.४९ बाट बढेर रु ५१.८२ रहेको छ भने नेटवर्थ रु १६८.९३ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ९.७२ गुणा रहेको छ ।