mirmire laghubitta

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७–७८ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । तुलनाको अवधिमा खुद नाफा ३९२.७१ प्रतिशतले बढेको छ ।

लघुवित्तले यस त्रैमासमा १४ करोड ७५ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा २ करोड ९९ लाख नाफा आर्जन गरेको थियो ।

यस अवधिमा लघुवित्तले ४ अर्ब २२ करोड कर्जा सापटि र १ अर्ब ८७ करोड निक्षेप संकलन गरी ६ अर्ब ५० करोड कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ५६ करोड कर्जा सापटि र ९५ करोड ७२ लाख निक्षेप संकलन गरी २ अर्ब ५० करोड कर्जा बिस्तार गरेको थियो ।

कम्पनीको खुद व्याज आम्दानी २९ करोड ३४ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ११ करोड १७ लाख रहेको थियो । त्यसैगरी सञ्चालन नाफा २१ करोड ८२ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ३ करोड ४० लाख रहेको थियो ।

हाल कम्पनीको चुक्तापुँजी ३९ करोड ८६ लाख रहेको छ भने जगेडा कोषमा २५ करोड ६२ लाख रहेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात १.९५ प्रतिशतबाट बढेर २.८० प्रतिशत रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु ४९.३५ रहेको छ भने नेटवर्थ १६४.२९ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ३३.३४ गुणा रहेको छ ।

Visa Travels