नेपाल इन्भेष्टमेन्ट बैंकले आर्थिक वर्ष २०७७–७८ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले यस त्रैमासमा २ अर्ब ८४ करोड खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा २ अर्ब ४९ करोड आर्जन गरेको थियो । तुलनाको अवधिमा खुद नाफा १४.०९ प्रतिशतले बृद्धि भएको छ ।
बैंकले १ खर्ब ६५ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ५६ अर्ब कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ६६ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ३५ अर्ब कर्जा विस्तार गरेको थियो ।
बैंकको खुद व्याज आम्दानी ४ अर्ब २९ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब ५३ करोड रहेको थियो । त्यसैगरी सञ्चालन मुनाफा ४ अर्ब १२ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ५६ करोड रहेको थियो ।
व्यवसायिक आम्दानी अर्थात् खुद ब्याज आम्दनी घटे पनि अन्य संचालन आय बृद्धि हुँदा नाफा बृद्धि भएको हो । कम्पनीको हाल सम्मको वितरण योग्य नाफा १ अर्ब ३८ करोड रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी २१ अर्ब ६३ करोड रहेको छ । जगेडा कोषमा ७ अर्ब ९२ करोड छ भने कम्पनीको संचित नाफा २ अर्ब ६५ करोड रहेको छ ।
बैंकको निष्कृय कर्जा अनुपात २.६७ प्रतिशतबाट घटेर २.३२ प्रतिशत रहेको छ ।
कम्पनीको प्रति सेयर आम्दानी रु २३.८८ बाट बढेर रु २३.४७ रहेको छ भने नेटवर्थ रु १८६.७२ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात १९.८६ गुणा रहेको छ ।