nmb bank

एनएमबि बैंकले आर्थिक वर्ष २०७७–७८ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले यस त्रैमासमा २ अर्ब ५१ करोड खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १ अर्ब ३३ करोड आर्जन गरेको थियो । तुलनाको अवधिमा खुद नाफा ८७.८० प्रतिशतले बृद्धि भएको छ ।

बैंकले १ खर्ब ५५ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ४८ अर्ब कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ३१ अर्ब निक्षेप संकलन गरेर १ खर्ब १५ अर्ब कर्जा विस्तार गरेको थियो ।

बैंकको खुद व्याज आम्दानी ४ अर्ब ३० करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब २९ करोड रहेको थियो । त्यसैगरी सञ्चालन मुनाफा ३ अर्ब ६१ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ९३ करोड रहेको थियो ।

व्यवसायिक आम्दानी अर्थात् खुद ब्याज आम्दनी सामान्य बढेसँगै फि कमिसन आय, अन्य संचालन आयको योग्दानले नाफा बृद्धि भएको हो । कम्पनीको हाल सम्मको वितरण योग्य नाफा २ अर्ब २७ करोड रहेको छ ।

हाल कम्पनीको चुक्तापुँजी १६ अर्ब ३२ करोड रहेको छ । जगेडा कोषमा ४ अर्ब ४८ करोड छ भने कम्पनीको संचित नाफा २ अर्ब ९१ करोड रहेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात २.४८ प्रतिशत बाट घटेर १.९७ प्रतिशत रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु ११.६७ बाट बढेर २०.६४ रहेको छ भने नेटवर्थ रु १४५.३२ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात २१.१७ गुणा रहेको छ ।

Visa Travels