prabhu bank

प्रभु बैंकले आर्थिक वर्ष २०७७–७८ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरण अनुसार मुनाफा उल्लेख्य बृद्धि भएको छ ।

बैंकले यस त्रैमासमा २ अर्ब १० करोड खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १ अर्ब ४६ करोड आर्जन गरेको थियो । तुलनाको अवधिमा खुद नाफा ४४.०८ प्रतिशतले बृद्धि भएको छ ।

बैंकले १ खर्ब ६३ अर्ब निक्षेप संकलन गरेर १ अर्ब ३४ अर्ब कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब अर्ब २८ लाख निक्षेप संकलन गरेर ९९ अर्ब ३९ लाख कर्जा विस्तार गरेको थियो ।

बैंकको खुद व्याज आम्दानी ३ अर्ब ८३ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ५९ करोड रहेको थियो । त्यसैगरी सञ्चालन मुनाफा ३ अर्ब ५ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ८ करोड रहेको थियो ।

बैंक मुख्य आम्दानीको श्रोत खुद ब्याज आम्दनीमा बृद्धि सँगै अन्य संचालन आय बृद्धि हुँदा नाफा उल्लेखिय बृद्धि भएको हो । कम्पनीको हाल सम्मको वितरण योग्य नाफा १ अर्ब ५९ करोड रहेको छ ।

हाल कम्पनीको चुक्तापुँजी ११ अर्ब ३४ करोड रहेको छ । जगेडा कोषमा ४ अर्ब २७ करोड छ भने कम्पनीको संचित नाफा १ अर्ब ७२ करोड रहेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात २.९५ प्रतिशतबाट घटेर १.४८ प्रतिशत रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु १९.८९ बाट बढेर रु २४.७९ रहेको छ भने नेटवर्थ रु १५२.८६ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात १८।७६ गुणा रहेको छ ।

Visa Travels