प्राइम बैंकको खुद नाफा ३८% ले बढ्यो – वितरण योग्य नाफा २ अर्ब २० करोड

prime bank
Visa Travels

प्राइम कमर्सियल बैंकले आर्थिक वर्ष २०७७–७८ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले यस त्रैमासमा २ अर्ब ८१ करोड खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा २ अर्ब ३ करोड आर्जन गरेको थियो । तुलनाको अवधिमा खुद नाफा ३८.७६ प्रतिशतले बृद्धि भएको छ ।

बैंकले १ खर्ब ४० अर्ब निक्षेप संकलन गरेर १ खर्ब २८ अर्ब कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब १९ अर्ब निक्षेप संकलन गरेर १ खर्ब १० अर्ब कर्जा विस्तार गरेको थियो ।

ads

बैंकको खुद व्याज आम्दानी ४ अर्ब ४० करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ३४ करोड रहेको थियो । त्यसैगरी सञ्चालन मुनाफा ४ अर्ब ३ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ८९ करोड रहेको थियो ।

व्यवसायिक आम्दानी अर्थात् खुद ब्याज आम्दनी बढेसँगै अन्य संचलन आय बढ्दा खुद नाफा बृद्धि भएको हो । कम्पनीको हाल सम्मको वितरण योग्य नाफा २ अर्ब २० करोड रहेको छ ।

हाल कम्पनीको चुक्तापुँजी १६ अर्ब ८ करोड रहेको छ । जगेडा कोषमा ५ अर्ब ६ करोड छ भने कम्पनीको संचित नाफा २ अर्ब ३१ करोड रहेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात ०.९७ प्रतिशत बाट घटेर ०.८६ प्रतिशत रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु १९.३६ बाट बढेर २३.३६ रहेको छ भने नेटवर्थ रु १४५.८८ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात १९.३१ गुणा रहेको छ ।

Visa Travels