mutual funds

एनआइबिएल एस क्यापिटलले एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत संचालन हुने एनआइबिएल समृद्धि फण्ड – २ बैशाख १३ गते देखि निष्काशन गर्ने भएको छ । निष्काशन बन्द छिटोमा वैशाख १६ र ढिलोमा वैशाख २७ गते हुनेछ ।

प्रति इकाई मूल्य रु १० दरको १२ करोड इकाई मध्ये बीज पूँजी बापत १० लाख इकाई योजना ब्यवस्थापक तथा न्यूनतम २ करोड ३० लाख इकाई कोष प्रवर्द्धकका लागि गरी कुल निष्काशन गरिने इकाईको जम्मा २० प्रतिशत अर्थात २ करोड ४० लाख इकाई सुरक्षित राखि बाँकी न्यूनतम ९ करोड ६० लाख इकाई सर्वसाधारण लगानीकर्ताहरुका लागी बिक्री खुल्ला गर्नेछ ।

यो १० बर्षे बन्दमुखी योजना हो । इच्छुक आवेदकले न्यूनतम १०० इकाई देखि अधिकतम १ करोड २० लाख इकाई सम्म आवेदन दिन सक्नेछन् । सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

कोष प्रवर्द्धक नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड रहेके छ भने योजना व्यवस्थापक एनआइबिएल एस क्यापिटल रहेको छ ।

Visa Travels