रुरु जलविद्युत परियोजना लिमिटेडले जारी गरेको आईपीओमा आज अन्तिम दिनसम्ममा करिब ४४ गुणा बढी सेयर खरिद आवेदन परेको छ । यस हिसाबले प्रत्येक ४४ वटा आवेदनमा १ जनाले १० कित्ता सेयर पाउनेछ । कम्पनीले चैत २० गते देखि सर्वसाधारणलाई सेयर निष्काशन गरेको थियो ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार १६ लाख ६९ हजार ०१९ जना आवेदकले २ करोड ३३ लाख ९० हजार ०९० कित्ताको लागि आवेदन दिएका छन्। जारी गरिएको सेयर संख्या अनुसार ६१.६८ गुणा बढी सेयर खरिद आवेदन गरेको छ ।
कम्पनीले ४०७,७०६ कित्ता सेयर रु १२० का दरले सर्वसाधरणलाई जारी गरेको थियो । कम्पनीले २ प्रतिशत अर्थात ८,१५४ कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात २०,३८५ कित्ता सामुहिक लगानीकोषलाई सुरक्षित गरी बाँकी रहेको ३७९,१६७ कित्ता सर्वसाधारणलाई निष्काशन गरिएको थियो ।
निष्काशन तथा विक्री प्रवन्धकको रुपमा एनएमवि क्यापिटल लिमिटेड रहेको छ ।