सानिमा बैंकले आर्थिक वर्ष २०७७–७८ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले यस त्रैमासमा १ अर्ब ९७ करोड खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १ अर्ब ४५ करोड आर्जन गरेको थियो । तुलनाको अवधिमा खुद नाफा १४.६७ प्रतिशतले बृद्धि भएको छ ।
बैंकले १ खर्ब २२ अर्ब निक्षेप संकलन गरेर १ खर्ब १४ अर्ब कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ७ अर्ब निक्षेप संकलन गरेर ९० अर्ब ८५ करोड कर्जा विस्तार गरेको थियो ।
बैंकको खुद व्याज आम्दानी ३ अर्ब २७ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब २४ करोड रहेको थियो । त्यसैगरी सञ्चालन मुनाफा २ अर्ब ६४ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब २९ करोड रहेको थियो ।
व्यवसायिक आम्दानी अर्थात् खुद ब्याज आम्दनी बढेसँगै इम्पेरमेन्ट चार्ज घट्दा खुद नाफा बृद्धि भएको हो । कम्पनीको हाल सम्मको वितरण योग्य नाफा १ अर्ब ४० करोड रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी ९ अर्ब ६८ करोड रहेको छ । जगेडा कोषमा ३ अर्ब ३० करोड छ भने कम्पनीको संचित नाफा १ अर्ब ४० करोड रहेको छ ।
बैंकको निष्कृय कर्जा अनुपात ०.३६ प्रतिशत बाट घटेर ०.२१ प्रतिशत रहेको छ ।
कम्पनीको प्रति सेयर आम्दानी रु २४.७७ बाट बढेर २५.७३ रहेको छ भने नेटवर्थ रु १४८.७० रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात १५.२८ गुणा रहेको छ ।