share listed

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको बोनस सेयर तथा हकप्रद सेयर करोबारको लागि सुचिकृत भएको छ ।

नेप्सेका अनुसार छ्याङ्दी हाईड्रोपावर लिमिटेडको ५% आर्थत् १४१,७५० कित्ता बोनस सेयर सुचिकृत भएको छ । उक्त बोनस आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट वितरण गरेको हो ।

त्यसैगरी नारायणी डेभलपमेन्ट बैंकको १००% अर्थात् ६५६,१६९ कित्ता हकप्रद सेयर सुचिकृत भएको छ । सेयरधनीहरुको डिम्याड खातामा आएपछि दोश्रोबजार मार्फत कारोबार गर्न सक्नेछन् ।

Visa Travels