अपि पावर कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनको लागि बुक क्लोज मिति तोकेको छ । २०७८ वैशाख २९ गते एक दिन बुक क्लोज रहनेछ । वैशाख २८ गते सम्म कायम सेयरधनीले मात्र हकप्रद सेयरमा आवेदन दिन पाउनेछ ।
अपि पावरले हाल कायम रहेको चुक्ता पुँजी १ अर्ब ९२ करोडको १ः०.२९३८ अर्थात् ५६,७०,००० कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।
सेयर निष्काशन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ९२ करोड रहेको छ ।