अपि पावरले जेठ २० गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने

api power
Visa Travels

अपि पावर कम्पनीले २०७८ जेठ २० गते देखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशन बन्द असार ९ गते बैंकिङ्ग समय पश्चात हुनेछ ।

अपि पावरले हाल कायम रहेको चुक्ता पुँजी १ अर्ब ९२ करोडको १ः०.२९३८ अर्थात् ५६,७०,००० कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

ads

वैशाख २८ गते सम्म कायम सेयरधनीले मात्र हकप्रद सेयरमा आवेदन दिन पाउनेछ । २०७८ वैशाख २९ गते एक दिन बुक क्लोज रहेको थियो । योग्य आवेदकले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर मार्फत आवेदन दिन सक्नेछ ।

सेयर निष्काशन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ९२ करोड रहेको छ ।

Visa Travels