Chilime Hydropower company

चिलिमे हाइड्रोपावर कम्पनीले लिमिटेडले आर्थिक वर्ष २०७७–७८ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ ।

यस त्रैमासमा ५१ करोड २ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ५२ करोड ५६ लाख कमाएको थियो । तुलनाको अवधिमा २.९२ प्रतिशतले घटेको छ ।

यस अवधिमा विद्युत विक्री आय ८० करोड ९२ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ८० करोड ३७ लाख रहेको थियो । त्यसैगरी वित्तीय आम्दानी (व्याज आम्दानी) १० करोड ८२ लाख आर्जन गरको छ ।

कम्पनीको संचालन खर्च ४ करोड ५४ लाख रहेको छ भने ह्रस कट्टी ४ करोड ६१ लाख रहेको छ । मर्मत संभार खर्च ६ करोड २८ लाख रहेको छ भने रोयल्टी वापत १० करोड ३० लाख रहेको छ ।

हाल कम्पनीको चुक्तापुँजी ६ अर्ब २८ करोड रहेको छ भने सेयरधनीकोषमा ३ अर्ब ६७ कारोड रहेको छ । कम्पनीको ५ अर्ब ९५ करोड दिर्घकालिन लगानी रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु १०.८३ र नेटवर्थ रु १५८.४७ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ६०.४७ गुणा रहेको छ ।

Visa Travels