सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने

citizen bank international
Visa Travels

सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने भएको छ । बैंक र फाइनान्सबीच मंगलबार मर्जर तथा एक्विजिशन सम्बन्धी अन्तिम सम्झौता भएको हो ।

काठमाडौं महानगरपालिका १ नारायणहिटी पथमा रजिष्टर्ड कार्यालय रहेको सिटिजन्स बैंकले मोरङ जिल्ला, विराटनगर वडा नं ९ भानु टोलमामा मुख्य कार्यालयरहेको सिर्जना फाइनान्सलाई आफुमा गाभ्ने अन्तिम सम्झौता गरेको हो ।

ads

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति सम्बन्धि विनियमावली २०७३ बमोजिम प्राप्ति गर्ने गरी सम्झौता गरेको बैंकले जनाएको छ । सम्झौता पत्रमा हस्ताक्षर आज जेठ ११ गते भएको हो ।

Visa Travels