एचआईडीसीएलले हकप्रद निष्काशन गर्न तोक्यो बुक क्लोज मिति

hidcl

हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले सतप्रतिशत हकप्रद निष्काशन प्रयोजनको लागि बुक क्लोज मिति तोकेको छ । बुक क्लोज जेठ २८ गते एक दिन हुनेछ । २०७८ जेठ २७ सम्म कायम सेयरधनीहरु मात्र यस हकप्रद सेयरमा आवेदन दिन योग्य हुनेछ ।

नेपाल धितोपत्र बोर्डबाटले एचआईडीसीएललाई आज २०७८ जेठ ९ गते सतप्रतिशत (१ः१ अनुपातमा) हकप्रद निष्काशन अनुमति दिएको हो।

ads

कम्पनीले प्रति कित्ता १०० रुपैयाँका दरले कुल ११ करोड कित्ताबाट हुन आउने ११ अर्ब रुपैयाँ बराबरको हकप्रदसेयर जारी गर्नेछ।

निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिलट लिमिटेड रहेको छ।

हाल एचआईडीसीएलको चुक्ता पुँजी ११ अर्ब रहेको छ भने हकप्रद निष्काशन पछि २२ अर्ब पुग्नेछ ।

Visa Travels