सिइडिबि हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न – १४ लाख ५० हजार बढी आवेदक भए खाली हात

CEDB Hydropower Development Company
Visa Travels

सिइडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले जारी गरेको आईपीओ आज शुक्रबार बाँडफाँड सम्पन्न भएको छ । बाँडफाँड कार्यक्राम सनराइज क्यापिटलको कार्यालय, विहान ११ बजे भएको हो ।

यस आइपीओमा कुल १६ लाख ८५ हजार ६२७ वटा योग्य आवेदनबाट २ करोड ४६ लाख ४५ हजार ७३५ कित्ता शेयर माग भएको छ । यो सर्वसाधारणलाई निष्काशन गरेको २३ लाख ४१ हजार ९५४ कित्ताको १०।५२ गुणा बढी हो ।

Place your Ads

जारी गरिएको भन्दा अत्याधिक आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा मार्फट भाग्यमानी २,३४,१९५ जना आवेदकले १० कित्ताको दरले सेयर वितरण गरेको छ । जसमध्ये ४ जनाले थप १–१ कित्ता गरी ११ कित्ता पाएका छन् । बाँकी रहेको १४ लाख ५१ हजार ४३२ आवेदक भने खाली हात भएका छन् ।

कम्पनीले २०७८ वैशाख १७ देखि २१ गते सम्म २५,१८,२३० कित्ता कित्ता सेयर रु १०० का दरले सर्वसाधरणलाई जारी गरेको थियो । जस मध्ये २ प्रतिशत अर्थात् ५०,३६५ कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात् १,२५,९११ कित्ता सामुहिक लगानीकोषलाई र बाँकी रहेको २३,४१,९५४ कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरिएको थियो ।

आइपीओ नतिजा हेर्नको लागिः

 iporesult.cdsc.com.np , MeroShare, etc

Visa Travels