लुम्बिनी जनरल इन्स्योरेन्सको साधारण सभा आह्वान

lumbini general insurance
Visa Travels

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले १६ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको वार्षिक साधारणभा २०७८ जेठ २८ भर्चुअल माध्यमबाट अपरान्ह ४ बजे हुने भएको छ ।

कम्पनी सञ्चालक समितिले पस्ताव गरेको ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभाश पारित गर्नेछ ।

ads

साथै संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७६–७७ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्नेछ । आर्थिक बर्ष २०७७–७८ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

सभा प्रयोजनको लागि २०७८ जेठ १४ गते एक दिन बुक क्लोज रहेको छ । जेठ १३ गते सम्म कायम सेयरधनीहरुले मात्र सभामा प्रतिनिधित्व गर्न र लाभांश दावी गर्न पाउनेछन् ।

Visa Travels