हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक बीच मर्जर सम्झौता

himalayan & nepal investment bank
Visa Travels

हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक बीच मर्जरको लागि प्रारम्भिक समझदारी पत्रमा सम्झौता भएको छ ।
सम्झौता पत्रमा नेपाल इन्भेष्टमेण्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडे र हिमालयन बैंकको तर्फबाट अध्यक्ष तुलसी प्रसाद गौतमले हस्ताक्षर गरेका हुन् । दुवै बैंक १:१ को स्वापमा मर्जमा जाने भएको छ ।

मर्जर पछि बैंकको नाम “हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक लि.” हुने छ । त्यसैगरी संचालक समितिको अध्यक्षको रुपमा पृथ्वी बहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा अशोक शमसेर राणा रहने सहमति भएको छ ।

Place your Ads

मर्जर पछि सबैभन्दा बढी चुक्ता पुँजी भएको बैंक बन्नेछ, चुक्ता पुँजी २६ अर्ब ९४ करोड रुपैयाँ पुग्ने छ । हाल नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पुँजी १६ अर्ब २६ करोड रुपैयाँ तथा हिमालयन बैंकको चुक्ता पुँजी १० अर्ब ६८ करोड रुपैयाँ रहेको छ ।

Visa Travels