neco insurance

नेको इन्स्योरेन्सले आर्थिक वर्ष २०७७–७८ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । यस त्रैमासमा ३५ करोड ९ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा २४ करोड १० लाख कमाएको थियो । तुलनाको अवधिमा खुद नाफा ४५.५७ प्रतिशतले बढेको छ ।

यस अवधिमा कम्पनीले १ अर्ब ३६ करोड खुद वीमाशुल्क आर्जन गरेको छ भने गत आर्थिक बर्षको सोही अवधिमा ९२ करोड ८८ लाख खुद वीमाशुल्क आर्जन गरेको थियो । यस अवधिमा खुद वीमाशुल्क ४६.४६ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले पुनर्वीमा कमिशन आय १६ करोड ४७ लाख र लगानी, कर्जा तथा अन्य आयबाट ११ करोड १ लाख अर्जन गरेको छ ।

यस अवधिमा कम्पनीले ४५ करोड ५ लाख खुद दावी भुक्तानी गरेको छ । त्यसैगरी अभिकर्ता कमिशन बापत ४ करोड ६ लाख र व्यवस्थापन खर्च बापत २४ करोड १० लाख खर्च गरेको छ । भुक्तानी हुन बाँकी दावी रकम १ अर्ब ९ करोड रहेको छ ।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ३१ करोड रहेको छ भने जगेडा कोषमा ६८ करोड २३ लाख रहेको छ । कम्पनीको बीमा कोषमा १ अर्ब ७ लाख रहेको छ भने महाविपत्ती कोषमा ९ करोड ६८ लाख रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी ३५.५२ रहेको छ भने नेटवर्थ २३५.५९ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ४६.८८ गुणा रहेको छ ।

Visa Travels