नेपाल लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७–७८ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । यस त्रैमासमा ५० करोड ६६ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ४६ करोड ७५ लाख कमाएको थियो । तुलनाको अवधिमा खुद नाफा ८.३६ प्रतिशतले बढेको छ ।
यस अवधिमा कम्पनीले २४ अर्ब ९५ करोड खुद बीमाशुल्क आर्जन गरेको छ भने गत आर्थिक बर्षको सोही अवधिमा १८ अर्ब ४१ करोड खुद बीमाशुल्क आर्जन गरेको थियो । यस अवधिमा खुद वीमाशुल्क ३५.४९ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट ५ अर्ब ४८ करोड र वीमा लेख धितोकर्जा आयबाट १ अर्ब ४७ करोड अर्जन गरेको छ ।
यस अवधिमा कम्पनीले ७ अर्ब २९ करोड खुद दावी भुक्तानी गरेको छ । त्यसैगरी अभिकर्ता कमिशन बापत २ अर्ब ८४ करोड र व्यवस्थापन खर्च बापत ८५ करोड ५७ लाख खर्च गरेको छ ।
हालसम्म कुल कायम रहेको बीमालेखको संख्या १३ लाख ७० हजार १ सय ३६ रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी ७ अर्ब १९ करोड रहेको छ भने जगेडा कोषमा १ अर्ब १२ करोड रहेको छ । कम्पनीको जिवन बीमा कोषमा १ खर्ब ७ अर्ब रहेको छ भने महाविपत्ती कोषमा ५९ करोड ८९ लाख रहेको छ ।
कम्पनीको प्रति सेयर आम्दानी ९.३८ रहेको छ भने नेटवर्थ १२३.९२ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात २२५.०८ गुणा रहेको छ ।