prime life insurance

प्राइम लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७–७८ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । यस त्रैमासमा २२ करोड ८६ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १८ करोड ३० लाख कमाएको थियो । तुलनाको अवधिमा खुद नाफा २४।८७ प्रतिशतले बढेको छ ।

यस अवधिमा कम्पनीले ३ अर्ब ७ करोड खुद वीमाशुल्क आर्जन गरेको छ भने गत आर्थिक बर्षको सोही अवधिमा २ अर्ब २३ करोड खुद वीमाशुल्क आर्जन गरेको थियो । यस अवधिमा खुद वीमाशुल्क ३७.५० प्रतिशतले बृद्धि भएको छ । कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट ८६ करोड ८७ लाख र वीमालेख धितो कर्जाबाट ९ करोड ८५ लाख अर्जन गरेको छ ।

यस अवधिमा कम्पनीले ८० करोड ६९ लाख खुद दावी भुक्तानी गरेको छ । त्यसैगरी अभिकर्ता कमिशन बापत ३४ करोड ८५ लाख र व्यवस्थापन खर्च बापत ३९ करोड २८ लाख खर्च गरेको छ ।

यस कम्पनीको हाल सम्म कुल कायम रहेको वीमालेखको संख्या २ लाख ३८ हजार ८ सय ३१ रहेको छ ।

हाल कम्पनीको चुक्तापुँजी २ अर्ब ४१ करोड रहेको छ भने जगेडा कोषमा ६२ करोड २५ लाख रहेको छ । कम्पनीको जिवन बीमा कोषमा १४ अर्ब रहेको छ भने महाविपत्ती कोषमा १४ करोड ७६ लाख रहेको छ ।

कम्पनीले दीर्घकालिन लगानी तथा कर्जामा १३ अर्ब ३३ कारोड र बीमालेख धितो कर्जामा १ अर्ब ४७ करोड परिचालन गरेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी १२.६१ रहेको छ भने नेटवर्थ १३१।९८ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ६९.३८ गुणा रहेको छ ।

Visa Travels