सिटिजन लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७–७८ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । यस त्रैमासमा १४ करोड ५७ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १४ करोड ३९ लाख कमाएको थियो । तुलनाको अवधिमा खुद नाफा १.२६ प्रतिशतले बढेको छ ।
यस अवधिमा कम्पनीले २ अर्ब ४४ करोड खुद वीमाशुल्क आर्जन गरेको छ भने गत आर्थिक बर्षको सोही अवधिमा १ अर्ब १६ करोड खुद वीमाशुल्क आर्जन गरेको थियो । यस अवधिमा खुद वीमाशुल्क १०९.८० प्रतिशतले बृद्धि भएको छ । कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट २१ करोड ५७ लाख र वीमालेख धितोकर्जा आयबाट ९२ लाख २५ हजार अर्जन गरेको छ ।
यस अवधिमा कम्पनीले ३७ करोड ८५ लाख खुद दावी भुक्तानी गरेको छ । त्यसैगरी अभिकर्ता कमिशन बापत ४५ करोड ७४ लाख र व्यवस्थापन खर्च बापत ३९ करोड २१ लाख खर्च गरेको छ ।
यस कम्पनीको हाल सम्म कुल कायम रहेको वीमालेखको संख्या १ लाख ९३ हजार ९ सय ७६ रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ७५ लाख रहेको छ भने जगेडा कोषमा ७६ करोड रहेको छ । कम्पनीको जिवन बीमा कोषमा ३ अर्ब १ करोड रहेको छ भने महाविपत्ती कोषमा ७ करोड १९ लाख रहेको छ ।
कम्पनीको प्रति सेयर आम्दानी ११.१० रहेको छ ।