गुराँस लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७–७८ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । यस त्रैमासमा १० करोड ४२ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ८ करोड ३७ लाख कमाएको थियो । तुलनाको अवधिमा खुद नाफा २४.५१ प्रतिशतले बढेको छ ।
यस अवधिमा कम्पनीले ३ अर्ब १ करोड खुद बीमाशुल्क आर्जन गरेको छ भने गत आर्थिक बर्षको सोही अवधिमा १ अर्ब ३५ करोड खुद बीमाशुल्क आर्जन गरेको थियो । यस अवधिमा खुद वीमाशुल्क १२२.७६ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट ६२ करोड ६४लाख र वीमा लेख धितोकर्जा आयबाट ६ करोड १३ लाख अर्जन गरेको छ ।
यस अवधिमा कम्पनीले ४४ करोड ३८ लाख खुद दावी भुक्तानी गरेको छ । त्यसैगरी अभिकर्ता कमिशन बापत ४५ करोड ३ लाख र व्यवस्थापन खर्च बापत ३६ करोड ८५ लाख खर्च गरेको छ । हालसम्म कुल कायम रहेको बीमालेखको संख्या १ लाख ५६ हजार ९ सय ८९ रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ९७ करोड रहेको छ भने जगेडा कोषमा ५२ करोड ३१ लाख रहेको छ । कम्पनीको जिवन बीमा कोषमा १० अर्ब ११ करोड रहेको छ भने महाविपत्ती कोषमा ५ करोड ५८ लाख रहेको छ ।
कम्पनीको प्रति सेयर आम्दानी ७.०४ रहेको छ भने नेटवर्थ १२९.३१ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात १०९.३९ गुणा रहेको छ ।