नेशनल लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७–७८ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । यस त्रैमासमा ३२ करोड २५ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ३१ करोड ५६ लाख कमाएको थियो । तुलनाको अवधिमा खुद नाफा २.२० प्रतिशतले बढेको छ ।
यस अवधिमा कम्पनीले ८ अर्ब ६९ करोड खुद बीमाशुल्क आर्जन गरेको छ भने गत आर्थिक बर्षको सोही अवधिमा ५ अर्ब ६५ करोड खुद बीमाशुल्क आर्जन गरेको थियो । यस अवधिमा खुद वीमाशुल्क ५३.६८ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट २ अर्ब १३ करोड र वीमा लेख धितोकर्जा आयबाट ३८ करोड ७१ लाख अर्जन गरेको छ ।
यस अवधिमा कम्पनीले २ अर्ब ८३ करोड खुद दावी भुक्तानी गरेको छ । त्यसैगरी अभिकर्ता कमिशन बापत ९७ करोड ३० लाख र व्यवस्थापन खर्च बापत ७१ करोड २२ लाख खर्च गरेको छ ।
हालसम्म कुल कायम रहेको बीमालेखको संख्या ९ लाख १७ हजार ९ सय ५० रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी ३ अर्ब ३९ करोड रहेको छ भने जगेडा कोषमा ८१ करोड १७ लाख रहेको छ । कम्पनीको जिवन बीमा कोषमा ४० अर्ब २१ करोड रहेको छ भने महाविपत्ती कोषमा २९ करोड रहेको छ ।
कम्पनीको प्रति सेयर आम्दानी १२.६८ रहेको छ भने नेटवर्थ १३२.०१ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ९१.०१ गुणा रहेको छ ।