सानिमा लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७–७८ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । यस त्रैमासमा ९ करोड ३६ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ८ करोड ३८ लाख कमाएको थियो । तुलनाको अवधिमा खुद नाफा ११.७५ प्रतिशतले बढेको छ ।
यस अवधिमा कम्पनीले ज्ञ अर्ब ४४ करोड खुद बीमाशुल्क आर्जन गरेको छ भने गत आर्थिक बर्षको सोही अवधिमा ५७ करोड ५८ खुद बीमाशुल्क आर्जन गरेको थियो । यस अवधिमा खुद वीमाशुल्क १५१.५८ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट ९ करोड ३९ लाख अर्जन गरेको छ ।
यस अवधिमा कम्पनीले ८ करोड ५० लाख खुद दावी भुक्तानी गरेको छ । त्यसैगरी अभिकर्ता कमिशन बापत २५ करोड १३ लाख र व्यवस्थापन खर्च बापत १६ करोड ८२ लाख खर्च गरेको छ ।
हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ४० करोड रहेको छ भने जगेडा कोषमा २० करोड ६३ लाख रहेको छ । कम्पनीको जिवन बीमा कोषमा १ अर्ब ९२ करोड रहेको छ भने महाविपत्ती कोषमा २ करोड २८ लाख रहेको छ ।