सूर्या लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७–७८ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । यस त्रैमासमा २९ करोड १० लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १८ करोड ६७ लाख कमाएको थियो । तुलनाको अवधिमा खुद नाफा ५५.८८ प्रतिशतले बढेको छ ।
यस अवधिमा कम्पनीले ३ अर्ब २३ करोड खुद बीमाशुल्क आर्जन गरेको छ भने गत आर्थिक बर्षको सोही अवधिमा १ अर्ब ७७ करोड खुद बीमाशुल्क आर्जन गरेको थियो । यस अवधिमा खुद वीमाशुल्क ८२.५४ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट ६१ करोड ५९ लाख र वीमा लेख धितोकर्जा आयबाट ७ करोड ३१ लाख अर्जन गरेको छ ।
यस अवधिमा कम्पनीले ५० करोड ७८ लाख खुद दावी भुक्तानी गरेको छ । त्यसैगरी अभिकर्ता कमिशन बापत ३६ करोड २५ लाख र व्यवस्थापन खर्च बापत ३९ करोड ६८ लाख खर्च गरेको छ ।
हाल कम्पनीको चुक्तापुँजी २ अर्ब २६ करोड रहेको छ भने जगेडा कोषमा ८० करोड ८५ लाख रहेको छ । कम्पनीको जिवन बीमा कोषमा १० अर्ब १ करोड रहेको छ भने महाविपत्ती कोषमा १४ करोड २९ लाख रहेको छ ।
कम्पनीको प्रति सेयर आम्दानी १७.१५ रहेको छ भने नेटवर्थ १३०.९७ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ४८.९३ गुणा रहेको छ ।