अजोड इन्स्योरेन्सले आर्थिक वर्ष २०७७–७८ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । यस त्रैमासमा ६ करोड ११ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ३ करोड ५१ लाख कमाएको थियो । तुलनाको अवधिमा खुद नाफा ७३.९५ प्रतिशतले बढेको छ ।
यस अवधिमा कम्पनीले २९ करोड ९० लाख खुद वीमाशुल्क आर्जन गरेको छ भने गत आर्थिक बर्षको सोही अवधिमा १८ करोड ४९ लाख खुद वीमाशुल्क आर्जन गरेको थियो । यस अवधिमा खुद वीमाशुल्क ६१.७१ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले पुनर्वीमा कमिशन आय १३ करोड ४९ लाख र लगानी, कर्जा तथा अन्य आयबाट २ करोड ३९ लाख अर्जन गरेको छ ।
यस अवधिमा कम्पनीले १४ करोड ३५ लाख खुद दावी भुक्तानी गरेको छ । त्यसैगरी अभिकर्ता कमिशन बापत ३ करोड १० लाख र व्यवस्थापन खर्च बापत १२ करोड ८८ लाख खर्च गरेको छ । भुक्तानी हुन बाँकी दावी रकम ४३ करोड ९३ लाख रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी १ अर्ब रहेको छ भने जगेडा कोषमा ७ करोड ५५ लाख रहेको छ । कम्पनीको बीमा कोषमा ९ करोड २९ लाख रहेको छ भने महाविपत्ती कोषमा ८३ लाख रहेको छ ।
कम्पनीको प्रति सेयर आम्दानी ८.१२ रहेको छ भने नेटवर्थ ११७.६८ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ११०.४३ गुणा रहेको छ ।