अपि पावरको खुद नाफा १०८ प्रतिशतले बृद्धि

api power
Visa Travels

अपि पावर कम्पनीले आर्थिक वर्ष २०७७–७८ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

यस त्रैमासमा १२ करोड ६२ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ६ करोड ६ लाख कमाएको थियो । तुलनाको अवधिमा नाफा १०८.१६ प्रतिशल बढेको छ ।

Place your Ads

यस अवधिमा विद्युत विक्री आय २८ करोड ८१ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २४ करोड २३ लाख रहेको थियो । कम्पनीको संचालन खर्च १ करोड ९२ तथा प्रशासनिक खर्च १ करोड २० लाख रहेको छ व्याज खर्च ९वित्तीय खर्च० १३ करोड २९ लाख रहेको छ ।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ९२ करोड रहेको छ भने सेयरधनीकोषमा २८ करोड १ लाख रहेको छ गत आर्थिक वर्षमा १३ करोड ४८ लाख थियो । कम्पनीले २९.३८ प्रतिशत हकप्रद सेयर जारी गर्न बुक क्लोज गरिसकेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु ८.७२ र नेटवर्थ रु ११४.५२ रहेको छ ।

Visa Travels