एशियन लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७–७८ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । यस त्रैमासमा १८ करोड २१ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १३ करोड ७ लाख कमाएको थियो । तुलनाको अवधिमा खुद नाफा ३९.३१ प्रतिशतले बढेको छ ।
यस अवधिमा कम्पनीले ४ अर्ब ४९ करोड खुद बीमाशुल्क आर्जन गरेको छ भने गत आर्थिक बर्षको सोही अवधिमा ३ अर्ब ९ करोड खुद बीमाशुल्क आर्जन गरेको थियो । यस अवधिमा खुद वीमाशुल्क ४८.१० प्रतिशतले बृद्धि भएको छ । कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट १ अर्ब ४२ करोड र वीमा लेख धितोकर्जा आयबाट १३ करोड २९ लाख अर्जन गरेको छ ।
यस अवधिमा कम्पनीले ७२ करोड २४ लाख खुद दावी भुक्तानी गरेको छ । त्यसैगरी अभिकर्ता कमिशन बापत ५६ करोड ३१ र व्यवस्थापन खर्च बापत ४३ करोड ४६ लाख खर्च गरेको छ ।
हालसम्म कुल कायम रहेको बीमालेखको संख्या ३ लाख ६६ हजार ४ सय ६६ रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी २ अर्ब १ करोड रहेको छ भने जगेडा कोषमा ७३ करोड ४ लाख रहेको छ । कम्पनीको जिवन बीमा कोषमा २५ अर्ब ४२ करोड रहेको छ ।
कम्पनीको प्रति सेयर आम्दानी १२.०८ रहेको छ भने नेटवर्थ १४०.८४ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात १०९.३१ गुणा रहेको छ ।