बुटवल पावर कम्पनीले लिमिटेडले आर्थिक वर्ष २०७७–७८ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।
यस त्रैमासमा ४५ करोड ८६ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ८९ करोड ५९ लाख कमाएको थियो । तुलनाको अवधिमा नाफा ४८.८१ प्रतिशतले घटेको छ ।
यस अवधिमा विद्युत विक्री आय ५१ करोड ११ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ५५ करोड ७७ लाख रहेको थियो । त्यसैगरी कम्पनीको अन्य आय ३४ करोड ४१ लाख र वित्तीय आम्दानी ३ करोड ४३ लाख आर्जन गरको छ ।विद्युत विक्री आय सँगै अन्य आम्दानीमा आएको भारी गिरावटले नाफा घटेको हो ।
कम्पनीको संचालन खर्च ९ करोड ३२ लाख रहेको छ भने व्याज खर्च १ करोड ५३ लाख रहेको छ । त्यसैगरी उत्पादन खर्च १९ करोड ४० लाख र विद्युत वितरण खर्च ८ करोड ७५ लाख रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी २ अर्ब ९५ करोड रहेको छ भने सेयरधनीकोषमा ३ अर्ब ९९ कारोड रहेको छ ।
कम्पनीको प्रति सेयर आम्दानी रु १५.५४ र नेटवर्थ रु २३५.५० रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात २७.३५ गुणा रहेको छ ।