डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७–७८ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले यस त्रैमासमा ५१ करोड ८१ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा २६ करोड ४२ लाख नाफा आर्जन गरेको थियो । तुलनाको अवधिमा खुद नाफा ९६.०९ प्रतिशतले बढेको छ ।
यस अवधिमा लघुवित्तले ७ अर्ब ४७ करोड कर्जा सापटि र ६ अर्ब ३१ करोड निक्षेप संकलन १५ अर्ब ११ करोड कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ६ अर्ब ६५ करोड कर्जा सापटि र ४ अर्ब ८९ करोड निक्षेप संकलन गरी १२ अर्ब ०६ करोड कर्जा बिस्तार गरेको थियो ।
कम्पनीको खुद व्याज आम्दानी ९८ करोड ६८ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ६६ करोड ७६ लाख रहेको थियो । त्यसैगरी सञ्चालन नाफा ५० करोड ३६ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २६ करोड २० लाख रहेको थियो ।
मुख्य आम्दानीको श्रोत खुद व्याज आम्दानी बढेसँगै खराब कर्जा असुलि (राइट ब्याक) गर्दा मुनाफा उल्लेखिय बृद्धि भएकोहो ।
हाल कम्पनीको चुक्तापुँजी १ अर्ब १५ करोड रहेको छ भने जगेडा कोषमा १ अर्ब १३ करोड रहेको छ ।
लघुवित्तको निष्कृय कर्जा अनुपात २.५८ प्रतिशतबाट घटेर ०.५३ प्रतिशत रहेको छ ।
कम्पनीको प्रति सेयर आम्दानी रु ५९.९५ रहेको छ भने नेटवर्थ १९८.२१ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ३०.८९ गुणा रहेको छ ।