general insurance company

जनरल इन्स्योरेन्सले आर्थिक वर्ष २०७७–७८ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । यस त्रैमासमा ६ करोड ३६ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ३ करोड ६ लाख कमाएको थियो । तुलनाको अवधिमा खुद नाफा १०७.८४ प्रतिशतले बढेको छ ।

यस अवधिमा कम्पनीले १६ करोड ३६ लाख खुद वीमाशुल्क आर्जन गरेको छ भने गत आर्थिक बर्षको सोही अवधिमा १९ करोड ५० लाख खुद वीमाशुल्क आर्जन गरेको थियो । कम्पनीले पुनर्वीमा कमिशन आय ९ करोड ७४ लाख र लगानी, कर्जा तथा अन्य आयबाट १ करोड ८९ लाख अर्जन गरेको छ ।

यस अवधिमा कम्पनीले ४ करोड ५९ लाख खुद दावी भुक्तानी गरेको छ । त्यसैगरी अभिकर्ता कमिशन बापत ९९ लाख र व्यवस्थापन खर्च बापत ११ करोड २८ लाख खर्च गरेको छ । भुक्तानी हुन बाँकी दावी रकम २५ करोड ९६ रहेको छ ।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब रहेको छ भने जगेडा कोषमा ७ करोड ५६ लाख रहेको छ । कम्पनीको बीमा कोषमा ८ करोड ८४ लाख र महाविपत्ति कोषमा ६० लाख रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी ८.४९ रहेको छ भने नेटवर्थ ११७.०२ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ८७.२६ गुणा रहेको छ ।

Visa Travels