ime general insurance

आइएमई जनरल इन्स्योरेन्सले आर्थिक वर्ष २०७७–७८ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । यस त्रैमासमा १८ करोड ८५ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १० करोड ७३ लाख कमाएको थियो । तुलनाको अवधिमा खुद नाफा ७५.६३ प्रतिशतले बढेको छ ।

यस अवधिमा कम्पनीले ५१ करोड ८२ लाख खुद वीमाशुल्क आर्जन गरेको छ भने गत आर्थिक बर्षको सोही अवधिमा ३६ करोड २७ लाख खुद वीमाशुल्क आर्जन गरेको थियो । यस अवधिमा खुद वीमाशुल्क ४२.८९ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले पुनर्वीमा कमिशन आय १३ करोड ६५ लाख र लगानी, कर्जा तथा अन्य आयबाट ४ करोड ७६ लाख अर्जन गरेको छ ।

यस अवधिमा कम्पनीले १९ करोड ८३ लाख खुद दावी भुक्तानी गरेको छ । त्यसैगरी अभिकर्ता कमिशन बापत २ करोड ७५ लाख र व्यवस्थापन खर्च बापत १२ करोड ४४ लाख खर्च गरेको छ । भुक्तानी हुन बाँकी दावी रकम ६३ करोड ११ रहेको छ ।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ८ करोड रहेको छ भने जगेडा कोषमा ३० करोड २६ लाख रहेको छ । कम्पनीको बीमा कोषमा ४५ करोड ३२ लाख रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी २३.२४ रहेको छ भने नेटवर्थ १३९.८७ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ५४.०९ गुणा रहेको छ ।

Visa Travels