जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७–७८ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । तुलनाको अवधिमा खुद नाफा ९३.०५ प्रतिशतले बढेको छ ।
लघुवित्तले यस त्रैमासमा ३ करोड ५१ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १ करोड ८२ लाख नाफा आर्जन गरेको थियो ।
यस अवधिमा लघुवित्तले १ अर्ब ३७ करोड कर्जा सापटि र ६६ करोड ३०लाख निक्षेप संकलन गरी १ अर्ब ९८ करोड कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ९० करोड २३ लाख कर्जा सापटि र ५२ करोड १० लाख निक्षेप संकलन गरी १ अर्ब ६२ करोड कर्जा बिस्तार गरेको थियो ।
कम्पनीको खुद व्याज आम्दानी ११ करोड ८० लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ७ करोड ५७ लाख रहेको थियो । त्यसैगरी सञ्चालन नाफा २ करोड ८९ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ करोड ३० लाख रहेको थियो ।
हाल कम्पनीको चुक्तापुँजी ७ करोड ९२ लाख रहेको छ भने जगेडा कोषमा १२ करोड ६७ लाख रहेको छ । कम्पनीले वितरण गर्ने आर्थिक वर्ष २०७७-७८ को ४९.४ प्रतिशत बोनस सेयर यस चुक्ता पुँजीमा समावेश गरेको छैन त्यसैले समायोजन पछि पुँजी बृद्धि हुँदा प्रति सेयर आम्दानीमा पनि फरक पर्नेछ ।
लघुवित्तको निष्कृय कर्जा अनुपात ३.५२ प्रतिशतबाट बढेर ३.८२ प्रतिशत रहेको छ ।
कम्पनीको प्रति सेयर आम्दानी रु ५९.१९ रहेको छ भने नेटवर्थ २६०.०१ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ३९.३१ गुणा रहेको छ ।