लाईफ इन्स्योरेन्स कर्पोरेशनकोे खुद नाफा ४२.८५ प्रतिशतले बृद्धि

life insurance corporation nepal
Visa Travels

लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालले आर्थिक वर्ष २०७७–७८ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । यस त्रैमासमा १५ करोड ३७ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १० करोड ७६ लाख कमाएको थियो । तुलनाको अवधिमा खुद नाफा ४२.८५ प्रतिशतले बढेको छ ।

यस अवधिमा कम्पनीले १३ अर्ब ५९ करोड खुद बीमाशुल्क आर्जन गरेको छ भने गत आर्थिक बर्षको सोही अवधिमा १० अर्ब ३१ करोड खुद बीमाशुल्क आर्जन गरेको थियो । यस अवधिमा खुद वीमाशुल्क ३१.८० प्रतिशतले बृद्धि भएको छ । कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट ४ अर्ब ११ करोड र वीमा लेख धितोकर्जा आयबाट १ अर्ब ९ करोड अर्जन गरेको छ ।

Place your Ads

यस अवधिमा कम्पनीले ६ अर्ब ३ करोड खुद दावी भुक्तानी गरेको छ । त्यसैगरी अभिकर्ता कमिशन बापत १ अर्ब ४० करोड र व्यवस्थापन खर्च बापत ५७ करोड ११ लाख खर्च गरेको छ ।

हालसम्म कुल कायम रहेको बीमालेखको संख्या ७ लाख १६ हजार ३ सय ६२ रहेको छ ।

हाल कम्पनीको चुक्तापुँजी २ अर्ब २१ करोड रहेको छ भने जगेडा कोषमा ६१ करोड १४ लाख रहेको छ । कम्पनीको जिवन बीमा कोषमा ७७ अर्ब ५४ करोड रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी ६.९५ रहेको छ भने नेटवर्थ १३९.७४ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ३४०.६२ गुणा रहेको छ ।

Visa Travels