निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७–७८ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले यस त्रैमासमा ७१ करोड ४८ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ४७ करोड ३२ लाख नाफा आर्जन गरेको थियो । तुलनाको अवधिमा खुद नाफा ५१.०४ प्रतिशतले बढेको छ ।
यस अवधिमा लघुवित्तले ६ अर्ब ७३ करोड कर्जा सापटि र १५ अर्ब ३८ करोड निक्षेप संकलन २४ अर्ब २७ करोड कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ६ अर्ब ८८ करोड कर्जा सापटि र १२ अर्ब ८८ करोड निक्षेप संकलन गरी २० अर्ब ७३ करोड कर्जा बिस्तार गरेको थियो ।
कम्पनीको खुद व्याज आम्दानी १ अर्ब ५९ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब १७ करोड रहेको थियो । त्यसैगरी सञ्चालन नाफा ६५ करोड ६९ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ७४ करोड ९५ लाख रहेको थियो ।
हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ६९ करोड रहेको छ भने जगेडा कोषमा २ अर्ब ६२ करोड रहेको छ ।
लघुवित्तको निष्कृय कर्जा अनुपात १.७६ प्रतिशतबाट बढेर ५.८९ प्रतिशत रहेको छ ।
कम्पनीको प्रति सेयर आम्दानी रु ५६.२३ रहेको छ भने नेटवर्थ २५४.७८ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ३३.२४ गुणा रहेको छ ।