nlg insurance

एनएलजी इन्स्योरेन्सले आर्थिक वर्ष २०७७–७८ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । यस त्रैमासमा २१ करोड २८ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १५ करोड ७३ लाख कमाएको थियो । तुलनाको अवधिमा खुद नाफा ३५.२२ प्रतिशतले बढेको छ ।

यस अवधिमा कम्पनीले ८५ करोड ३६ लाख खुद वीमाशुल्क आर्जन गरेको छ भने गत आर्थिक बर्षको सोही अवधिमा ६२ करोड ६५ लाख खुद वीमाशुल्क आर्जन गरेको थियो । यस अवधिमा खुद वीमाशुल्क ३६।२५ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले पुनर्वीमा कमिशन आय २२ करोड ५४ लाख र लगानी, कर्जा तथा अन्य आयबाट ७ करोड २८ लाख अर्जन गरेको छ ।

यस अवधिमा कम्पनीले ३८ करोड १३ लाख खुद दावी भुक्तानी गरेको छ । त्यसैगरी अभिकर्ता कमिशन बापत ५ करोड २१ लाख र व्यवस्थापन खर्च बापत १६ करोड ७६ लाख खर्च गरेको छ । भुक्तानी हुन बाँकी दावी रकम ९८ करोड ९० लाख रहेको छ ।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ९ करोड रहेको छ भने जगेडा कोषमा ४२ करोड २८ लाख रहेको छ । कम्पनीको बीमा कोषमा १ अर्ब रहेको छ भने महाविपत्ती कोषमा ४ करोड १२ लाख रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी २५।८८ रहेको छ भने नेटवर्थ २३३.७८ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ४४.९४ गुणा रहेको छ ।

Visa Travels