prabhu life insurance

प्रभु लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७–७८ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । यस त्रैमासमा १३ करोड ७८ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ५ करोड ५५ लाख कमाएको थियो । तुलनाको अवधिमा खुद नाफा १४८.३४ प्रतिशतले बढेको छ ।

यस अवधिमा कम्पनीले १ अर्ब ८ करोड खुद वीमाशुल्क आर्जन गरेको छ भने गत आर्थिक बर्षको सोही अवधिमा ५९ करोड ४८ लाख खुद वीमाशुल्क आर्जन गरेको थियो । यस अवधिमा खुद वीमाशुल्क ११५.६० प्रतिशतले बृद्धि भएको छ । कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट १८ करोड ५९ लाख अर्जन गरेको छ ।

यस अवधिमा कम्पनीले ५ करोड ३४ लाख खुद दावी भुक्तानी गरेको छ । त्यसैगरी अभिकर्ता कमिशन बापत १७ करोड १५ लाख र व्यवस्थापन खर्च बापत २५ करोड ९६ लाख खर्च गरेको छ ।

यस कम्पनीको हाल सम्म कुल कायम रहेको वीमालेखको संख्या २ लाख ५ हजार १ सय ९१ रहेको छ ।

हाल कम्पनीको चुक्तापुँजी २ अर्ब रहेको छ भने जगेडा कोषमा ३६ करोड ६० लाख रहेको छ । कम्पनीको जिवन बीमा कोषमा १ अर्ब ७६ करोड रहेको छ भने महाविपत्ती कोषमा २ करोड ५७ लाख रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी ९.१९ रहेको छ भने नेटवर्थ ११८.३० रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ८७.०५ गुणा रहेको छ ।

Visa Travels