ru ru jalvidhyut

रुरु जलबिद्युत परियोजना लिमिटेडले आर्थिक वर्ष २०७७–७८ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

यस त्रैमासमा ६ करोड १३ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ५ करोड ४३ लाख कमाएको थियो । तुलनाको अवधिमा नाफा १२.८१ प्रतिशतले वृद्धि भएको छ ।

यस अवधिमा विद्युत विक्री आय १२ करोड २ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ११ करोड ७० लाख रहेको थियो । कम्पनीको संचालन खर्च १३ लाख ६२ हजार रहेको छ भने व्याज खर्च (वित्तीय खर्च) १ करोड ९७ लाख रहेको छ ।

हाल कम्पनीको चुक्तापुँजी ३६ करोड ६९ लाख रहेको छ भने जगेडाकोषमा १२ कारोड २७ लाख रहेको छ । कर्जा १९ करोड ३१ लख छ भने लगानी ६५ लाख ८३ हजार रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु १८.६१ र नेटवर्थ रु १३३.४६ रहेको छ ।

Visa Travels