sagarmatha insurance

सगरमाथा इन्स्योरेन्सले आर्थिक वर्ष २०७७–७८ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । यस त्रैमासमा २८ करोड ५४ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १७ करोड ४१ लाख कमाएको थियो । तुलनाको अवधिमा खुद नाफा ६३.९४ प्रतिशतले बढेको छ ।

यस अवधिमा कम्पनीले ९५करोड २९ लाख खुद वीमाशुल्क आर्जन गरेको छ भने गत आर्थिक बर्षको सोही अवधिमा ७४ करोड ३६ लाख खुद वीमाशुल्क आर्जन गरेको थियो । यस अवधिमा खुद वीमाशुल्क २८.१४ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले पुनर्वीमा कमिशन आय २२ करोड ३८ लाख र लगानी, कर्जा तथा अन्य आयबाट १० करोड ७७ लाख अर्जन गरेको छ ।

यस अवधिमा कम्पनीले ५३ करोड ५ लाख खुद दावी भुक्तानी गरेको छ । त्यसैगरी अभिकर्ता कमिशन बापत ३ करोड ७८ लाख र व्यवस्थापन खर्च बापत १८ करोड ६० लाख खर्च गरेको छ । भुक्तानी हुन बाँकी दावी रकम १ अर्ब १८ करोड रहेको छ ।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब रहेको छ भने जगेडा कोषमा ४८ करोड ३४ लाख रहेको छ । कम्पनीको बीमा कोषमा ९५ करोड ६६ लाख रहेको छ भने महाविपत्ती कोषमा १२ करोड ८० लाख रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी ३९.०२ रहेको छ भने नेटवर्थ २५६.६३ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ४५.२५ गुणा रहेको छ ।

Visa Travels