सानिमा माई हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०७७–७८ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।
यस त्रैमासमा ३४ करोड ०२ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ३१ करोड १८ लाख कमाएको थियो । तुलनाको अवधिमा नाफा ९.१० प्रतिशल बढेको छ ।
यस अवधिमा विद्युत विक्री आय ६६ करोड ३६ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ६७ करोड १ लाख रहेको थियो । कम्पनीको संचालन तथा प्रशासनिक खर्च १३ करोड ५ लाख रहेको छ व्याज खर्च (वित्तीय खर्च) १४ करोड ३७ लाख रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी २ अर्ब ८० करोड रहेको छ भने सेयरधनीकोषमा ६० करोड ९० लाख रहेको छ ।
कम्पनीको प्रति सेयर आम्दानी रु १२.११ र नेटवर्थ रु १२१.८५ रहेको छ ।