shikhar insurance

शिखर इन्स्योरेन्सले आर्थिक वर्ष २०७७–७८ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । यस त्रैमासमा ३६ करोड ३३ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ३२ करोड २९ लाख कमाएको थियो । तुलनाको अवधिमा खुद नाफा १०.२६ प्रतिशतले बढेको छ ।

यस अवधिमा कम्पनीले १ अर्ब ८ करोड खुद वीमाशुल्क आर्जन गरेको छ भने गत आर्थिक बर्षको सोही अवधिमा ९६ करोड ६८ लाख खुद वीमाशुल्क आर्जन गरेको थियो । यस अवधिमा खुद वीमाशुल्क ११.९७ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले पुनर्वीमा कमिशन आय ४६ करोड ४९ लाख र लगानी, कर्जा तथा अन्य आयबाट १३ करोड ३५ लाख अर्जन गरेको छ ।

यस अवधिमा कम्पनीले ६४ करोड २ लाख खुद दावी भुक्तानी गरेको छ । त्यसैगरी अभिकर्ता कमिशन बापत २ करोड २४ लाख र व्यवस्थापन खर्च बापत ३० करोड ९७ लाख खर्च गरेको छ । भुक्तानी हुन बाँकी दावी रकम १ अर्ब करोड ४२ लाख रहेको छ ।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ७५ करोड रहेको छ भने जगेडा कोषमा ६१ करोड ७६ लाख रहेको छ । कम्पनीको बीमा कोषमा १ अर्ब २३ करोड रहेको छ भने महाविपत्ती कोषमा ९ करोड ४३ लाख रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी २७.५५ रहेको छ भने नेटवर्थ २१०.९४ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ६९.७० गुणा रहेको छ ।

Visa Travels