बैंक तथा वित्तीय संस्थालाई सेयर बजारमा अल्पकालिन लगानी गर्न रोक, लघुवित्तको सेयरमा लगानी गर्न नपाइने

Visa Travels

बैंक तथा वित्तीय संस्थालाई सेयर बजारमा अल्पकालिन गर्न रोक लगाएको छ । सर्वसाधारणमा शेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको शेयर तथा डिबेञ्चरमा एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइनेछ । बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको शेयरमा अल्पकालीन लगानी गर्न पाउने छैनन् ।

बैंक तथा वित्तीय संस्थाले लघुवित्तको सेयरमा लगानी गर्न रोकेको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिकामा संसोधन गर्दै बैंक तथा वित्तीय संस्थालाई विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनको लागि बाहेक ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको शेयरमा लगानी गर्न नपाइने व्यवस्था गरेको हो। यसअघि शेयर खरीद गरेको भए आगामी पुस मसान्तभित्र बिक्री गरिसक्न निर्देशन दिएको छ ।

ads

Visa Travels